८ माघ २०८२, बुधबार

बझाङको थलारा गाउँपालिकाले प्रस्तुत गर्यो ४७ करोड ३० लाख २३ हजार रुपियाँको बजेट
बझाङको थलारा गाउँपालिकाले ४७ करोड ३० लाख २३ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ।
गाउँसभाको पन्ध्रौं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि उपाध्यक्ष राम बहादुर खातीले चालू तर्फ ७२.३७ र पुजीगत तर्फ २७.६३ प्रतिशत बजेट प्रस्तुत गरेका हुन्।
आर्थिक वर्ष २०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा वित्तीय समानीकरण तर्फ संघ सरकारबाट १०करोड ५४ लाख रुपियाँ, प्रदेश सरकाबाट ९९ लाख ८७ हजार, राजस्व बाँडफाँटबाट संघ सरकारबाट ८ करोड २८ लाख, २४ हजार, प्रदेश सरकारबाट २४ लाख ६२ हजार रुपियाँ व्यहोरिने उल्लेख गरिएको छ।

यस्तै, सर्शत अनुदान संघ सरकारबाट २१ करोड ५२ लाख, प्रदेश सरकारबाट ५६ लाख, समपूरक अनुदान संघ सरकारबाट १ करोड ४१ लाख, प्रदेश सरकारबाट ९५ लाख, विशेष अनुदान संघ सरकारबाट १ करोड ४१लाख, प्रदेश सरकारबाट ९५ लाख प्राप्त हुने अनुमान गरिएको
गाउँपालिकाका उपाध्यक्ष खातीले बताए। आन्तरिक स्रोतबाट ५२ लाख ५० हजार प्राप्त हुने प्रक्षेपण गरिएको छ।

शिक्षा, स्वास्थ, कृषि क्षेत्रलाई व्यवसायीकरण, भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, खानेपानी योजना, खेलकुद, पर्यटन, संस्कृति क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ।
गाउँ सभाबाट बिनियोजन बिधेयक २०८२ आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट आज पास भएको छ ।








