शुक्रबार राती परेको अविरल बर्षाका कारण बयस गाडमा बाढी आउदा थलारा ७ मा ठूलो क्षति

सेयर गरौं

शुक्रबार राती परेको अविरल बर्षाका कारण बयस गाडमा बाढी आउदा थलारा ७ मा ठूलो क्षति भएको छ । बाढीले खानेपानी सिचाइकुलो Rcc पुल र पानी घट्ट लागायतका संरचनामा क्षति गरेको हो ।
वडा नम्बर ७ का अध्यक्ष किस्ने सार्कको टोलीले स्थलगत अनुगमन गरि बाढीले पुर्याएको क्षतिको विवरण संकलन गरेको छ । वडा अध्यक्ष सार्किका अनुसार  वडा न ७ मा भर्खरै १० लाखको लागतमा निर्माण गरेको  नवादेउ सिचाइ कुलोको करिव १ सय ५० मिटर Rcc बाल बगाएको छ ।

1000066716
Oplus_16777216

त्यस्तै १६ लाखमा निर्माण भईरहेको राईसिंङे खानेपानीको ईनटेकमा क्षति गर्नुकासाथै २ सय मिटर पाईपलाइन बगाएको छ । बाढीले कुकरेलाको र गोठिगाउँको Rcc पुल बगाएको छ भने ७ वटा भन्दा पानी घट्ट बगाएको छ । सिचाइ कुलो बन्द हुदा रोपाइँ गर्न किसानलाई समस्या भएको छ । बाढीले थलारा ८ का दिनेश जोशीको रोपाइँका लागि निकालिएको धानको बीउ बगाएको छ भने मदनराज उपाध्याय र वडा न ६ का ईश्वर गिरिको रोपेको खेतको धान बगाएको छ।

1000066720
Oplus_16777216

बाढीले झनाना खोली सडकको थलारा ६  डुडेमाडौ नजिकैको  कल्वडनेर ढुंगामुढा थुपारेपछि सडक अबरुद्ध भएको थियो ।बिहान जेसिवि लगाएर सुचारु गरिएको थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाले बताउनु भएको छ ।

1000066719
Oplus_16777216
1000066672


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
5
+1
1
पदम खड्का
पदम खड्का
Articles: 407