२४ कार्तिक २०८२, आईतवार

थलारामा मा. बि.र नि.मा.वि.का लेखा तथा कम्प्युटर शिक्षकका लागि ४ दिने आईसीटी सम्बन्धी तालिम सम्पन्न
थलारा गाउँपालिकामा मा. बि.र नि.मा.वि.का लेखा तथा कम्प्युटरमा कार्यरत शिक्षकका लागि सूचना तथा प्रविधि (आईसीटी) सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ।
सूचना प्रविधिको प्रयोगद्वारा बिधालयका कामकाजलाई अझ सहज, प्रभावकारी र पारदर्शी बनाउन तथा शिक्षकको क्षमता अभिबृद्वि गर्ने, कक्षा कोठामा प्रबिधी को प्र्योग गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो।

तालिममा गाउँपालिका भित्रका मा बि र नि मा बि तहमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सहभागीता रहेको छ। प्रशिक्षकहरूले कम्प्युटर, इन्टरनेट, कार्यालय स्वचालन प्रणाली (Office Automation), इमेल/गुगल ड्राइभ प्रयोग, प्रविधिको प्रयोग गरि पाठ योजना निर्माण, ए.आइ, साइबर सुरक्षा तथा डिजिटल साक्षरताका साथै विविध पक्षमा प्रशिक्षण दिएका थिए ।

थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले
आईसिटि ठुलो बिषय हो अहिलेको प्रबिधिको युगमा यसको महत्त्वपूर्ण भुमिका रहेको बताउदै
प्रबिधि संग जोड्न कार्यक्रमको आयोजना गरिएको र आगामी वर्ष पनि यस्तो तालिमको आयोजना गरिने बताउनुभयो साथै उनले
सिकेका कुरा ब्यवहारमा लागू गर्न सहभागी शिक्षकलाई आग्रह गर्नुभयो

शिक्षा शाखा संयोजक हर्क बहादुर रोकायाले समापन कार्यक्रममा बोल्दै प्रबिधि व्यापक छ यो तालिम केवल प्रबिधिमा साक्षरता गराउने उद्देश्यले तालिमको आयोजना गरिएको र यसले बिधालयको कार्य सम्पनदनमा सहयोग गर्ने आशा ब्यक्त गर्नु भयो । साथै उनलेे हिजो प्रकाशित भएको एस ई ई को नतिजामा थलाराको रिजल्ट सन्तोषजनक नभएको बताउनुभयो । रोकायाले भन्नुभयो जति तालिम र भौतिक संरचना बनाएपनि शैक्षिक गुणस्तरमा सुधार आउन सकेन
अब अर्को रणनीतिसाथ अघिबढन पर्नआवश्यक छ शिक्षा समितिको बैठकबाट यश बिषयमा छलफल हुनेछ ।
तालिमको आयोजना गाउँपालिकाको शिक्षा शाखाले गरेको हो । तालिममा थलारा गाउँपालिका सुचना अधिकृत प्रकाश भण्डारी र कम्प्युटर अपरेटर हेमन्त चन्दले प्रशिक्षण दिनु भएको थियो । तालिम असार ११ गतेदेखि सञ्चालन भएको थियो । तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कार्यक्रमको सञ्चालन शिक्षक प्रेम बिष्टले गर्नु भएको थियो ।




