८ माघ २०८२, बुधबार

थलारामा विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्थामा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना हस्तान्तरण
थलारा गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्थामा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको विपद् व्यवस्थापन समितिको संयोजनमा आयोजित कार्यक्रममा स्थानीय तहस्तरीय विपद् योजनालाई औपचारिक रूपमा तयार पार्दै गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरिएको हो। सो योजनामा सम्भावित जोखिम, स्रोत साधनको अभिलेख, प्राथमिकता आधारित कार्ययोजना तथा सरोकारवालाको भूमिका स्पष्ट रूपमा समेटिएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले भने, “यो योजना केवल कागजमा सीमित हुने होइन, कार्यान्वयनमा आएर स्थानीय तहमा आपतकालीन व्यवस्थापनलाई प्रभावकारी बनाउनेछ।”
सोही अवसरमा स्थानीय समुदाय, विद्यालय, स्वास्थ्य संस्था, महिला समूह, युवा प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई योजना कार्यान्वयनमा आवश्यक समन्वय र सक्रियताका लागि आग्रह गरिएको थियो।
कार्यक्रम प्रतिबद्ध परियोजनाको आयोजनामा भएको थियो । प्रतिबद्ध ३ परियोजना का पंकज अधिकारी युएमएन प्रगतिशील युवासमाज बिपद जोखिम ब्यबस्थापन परियोजना छत्रराज जोशीले डिपिआर्पि थलारा गाउँपालिका लाई हस्तान्तरण गर्नु भएको हो ।
यसैबीच

थलारा गाउँपालिकाले विवद व्यवस्थापनका लागि तत्काल गर्नुपर्ने कार्य DPRP कार्यान्वयन गर्न निर्देश दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले डिपिआर्पि कार्यान्वयनका लागि सबै वडा, शाखा, संघ संस्था, जिल्ला विपद व्यवस्थापन समिति, सामुदायिक विपद व्यवस्थापन समिति लगायत सबैलाई १/१ प्रति सहित पत्राचार गर्नुपर्ने
बाढी र पहिरोको जोखिममा रहेका वस्तिका नागरिकहरूको फोन नं संकलन गरि पूर्वसूचना आदानप्रदान गर्ने,
CDMC र तालिम प्राप्त कार्यदलहरूको नंम्बर Bulck sms system ma update गरी आवश्यक पर्दा म्यासेज गर्ने
स्टोरमा रहेको खोज उद्धार सामग्रीको लिष्ट अपडेट गर्ने, सबै वडामा रहेको लिष्ट अपडेट गर्ने, चाहिएको बेला तुरुन्त भेटिने गरि भण्डारण गरिराख्ने, कुनै अत्यावश्यक सामग्री अपुग भए तुरुन्त खरिद गर्न माग फाराम भर्ने
VHF Radio set लगायत थप सामग्रीका लागि प्रदेशलाई पत्राचार गर्ने
बर्षामापन केन्द्रका लागि DHM लाई पत्राचार गर्ने
जिल्ला भरीका एम्बुलेन्स, जेसिबी लगायत विपदमा चाहिने व्यक्तीहरुको सम्पर्क नम्बर अपडेट गरेर राख्ने
पालिकाको एम्बुलेन्स र जेसिबीलाई आवश्यक परेको बेला तुरुन्त परिचालन हुने गरी तयारी अवस्थामा रहे नरहेको विपद सम्पर्क व्यक्तिले एकीन गर्ने, निरन्तर समन्वय गर्ने,
विपद सम्बन्धि सचेतनामुलक जिंगल प्रसारणका लागि समन्वय गरी एफ एम रेडियोलाई पठाउने
मौसम बुलेटिनहरू नियमित सामाजिक सञ्जालमा राख्ने
एम्बुलेन्स चालकको २ वटा नम्बर र विपद सम्बन्धी सचेतनामुलक जानकारी वेबसाइटको Homepage मा देखिने गरि राख्ने निर्देशन दिनु भएको हो ।







