थलारा गाउँपालिका वडा नं. ८ ले वडाभित्रका १ सय ६५ घरधुरीलाई ‘इन्डेक्स चुलो’ वितरण गर्यो

सेयर गरौं

थलारा गाउँपालिका वडा नं. ८ ले वातावरणमैत्री प्रविधिको प्रवर्द्धन तथा सुरक्षित ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका लक्षित घरधुरीलाई ‘इन्डेक्स चुलो’ वितरण गरेको छ।
वडाले चालु आर्थिक वर्ष २०८१/८२ को योजनाअन्तर्गत वडा नम्बर ८ का बिस्खेत र पण्डितगाउँ टोलका १ सय ६५ घरधुरीलाई ७ हजार ६ सय ५० बराबरका चुलो संगै एक ईन्डेकस कुक्कर र  ईन्डेक्स कराई  वितरण गरेको हो।

1000067982


इन्डेक्स चुलो बितरण कार्यक्रममा थलारा गाउँपालिकाको ४ हजार ६ सय र snv/endev संस्थाको २ हजार १ सय ५० अनुदान रहेको छ भने १ हजार उपभोक्ताको योगदान रहेको छ ।
कार्यक्रममा सहभागी उपभोक्तालाई चुलोको प्रयोग, संरक्षण तथा मर्मतसम्भारसम्बन्धी आधारभूत जानकारीसमेत दिइएको थियो।

1000067980


वडा अध्यक्ष टिकाराज जोशीले इन्डेक्स चुलोको प्रयोगले दाउरा खपतमा कमी, भान्सामा धुवाँरहित वातावरण तथा महिला स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ चुलो बितरण गरिएको बताउनुभयो ।
चुलो वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सरोकारवालाहरू तथा लाभग्राहीहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407