८ माघ २०८२, बुधबार

सत्य तथ्य कुरा बुझेर आलोचना गर्न दुर्गाथली गाउँ पालिका अध्यक्ष थापाको आग्रह
दुर्गाथली गाउपलिका अध्यक्ष दिल बहादुर थापाले मोरिबगर देखि पालिका सम्म कालोपत्रे गरियको सडकबारे सम्बन्धित निकाय र ग्वाललेख निर्माण सेवाको ध्यानाकर्षण गर्नु भएको छ ।
भक्खरै मात्रकालोपत्रे गरिएको सडक डेउडा गाउँ नजिकै भत्किएपछि अध्यक्ष थापाले शनिबार ग्वालेख निर्माण कम्पनी टिमलाइ बोलाएर अनुगम गर्नुकासाथै र आवस्यक सुझव पनि दिनुभएको हो ।
मोरिबगर पाथिभेरा सडक खण्ड अन्तर्गत मोरिबगर पालिका सम्मको झण्डै ४ किलोमिटर सडक पिच भएको छ र डेउडागाउँ नजिकको मोडमा बर्षादको कारण फिलिङ गरेको माटो धसिदा सडकमा चिरा परेको छ । निर्माण भएको महिना दिन मै सडकमा चिरापरेपछि स्थानीयले यसवारे चासो राख्दै विभिन्न प्रतिक्रिया सामाजिक सञ्जालमा ब्यक्त गरेका छन ।
शनिबार मोरिबगर पुर्बाधार कार्यालयको टिमसगँ भेटेर रोड हेरेर ग्वालेख निर्माण कम्पनी टिमलाइ बोलाएर अनुगम गरिएको र आबस्यक सुझव दिएको दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनु भएको छ । साथै उनले निर्माण कार्य सम्पन भएको १३ महिना सम्म भत्केको बिग्रेको जिम्मेवारी सोहि निर्माण कम्पनिले लिनु पर्ने भएकाले कम्पनीले नै उक्त सडक पुनः निर्माण गर्ने भएकाले सत्य तथ्य कुरा बुझेर आलोचना र समर्थ गर्न पालिका बासिलाई अनुरोध गर्नु भएको छ । साथै उनले पालिकाका बिरुदमा केहि मान्छे सुनियोजित ढङगले बदानाम कसरी गर्न सकिन्छ भनेर लागी रहेको भन्दै सत्य तथ्य कुरा बुझेर आलोचना र समर्थ गरे आफ्ना कमि कमजोरी स्वीकारी अगाडि बढ्ने समेत बताउनुभएको छ । उनले सामाजिक सन्जालको सस्तो लोकप्रियताका लागी बिरोध गर्नु भन्दा रचनात्मक सुझाव दिएर गाउँपालिकाको विकासमा सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।
प







