थलारा गाउँपालिकाका १७ जना कर्मचारीहरुको तह मिलान

सेयर गरौं

प्रदेश ऐन अनुसार थलारा गाउँपालिकाका १७ जना कर्मचारीहरुको तह मिलान भएको छ ।
आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै पालिकाले मिलान सम्पन्न कर्मचारीहरूलाई तह मिलान पत्र वितरण तथा बधाई ज्ञापन गरेको हो ।
तहमिलान हुनेमा प्रशासन सहायक केशवराज जोशी, लेखा अधिकृत दिपक राज पाण्डेय, ईन्जिनियर संगित रोकाया अधिकृत स्तर छैटौं बाट अधिकृत स्तर सातौ तहमा मिलान हुनु भएको छ ।

1000069112


त्यस्तै नरेश ओली, हेमन्त चन्द, हर्क बहादुर थापा,भरत बहादुर रोकाया र तेज बहादुर ओली सहाय पाँचौ बाट अधिकृत छैटौ तहमा पद मिलान हुनु भएको छ ।
ज्ञान बहादुर बिष्ट, नबराज गिरि,लोकेन्द्र बहादुर धामी, बम बिष्ट, मनिराम पाध्या, सुवास बहादुर सिंह,गगन बहादुर सिंह ,डिल्ली राज पाण्डेय र कलक भण्डारी चौथो तहबाट सहायक पाँचौ तहमा मिलान हुनु भएको हो ।

1000069202


प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि र, उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य  लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा तह मिलान भएका कर्मचारीहरूलाई औपचारिक रुपमा स्तरमिलान प्रमाणपत्र दिईएको थियो।
कार्यक्रममा अध्यक्ष प्रकाश रोकायाले  तह मिलानमार्फत कर्मचारीको सेवा, सुविधा र सुरक्षाको सुनिश्चितता हुनुका साथै पालिकाको प्रशासनिक कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो ।
साथै उनले अथक प्रयास बाट पालिकाले प्राप्त गरेको उपलब्धि सराहनीय भन्दै अझै त्यसको निरन्तरता रहोस भन्दै जागिरे जीवनको शुभकामना दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले  लामो समयपछि तहगत मिलान हुनु खुसीको कुरा
भएको बताउदै यो  लामो समय स्थानीय तहमा गरेको योगदानको कदर हो  भन्नुभयो  ।

1000069123



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
5
+1
1
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407