८ माघ २०८२, बुधबार

थलारा गाउँपालिकाले पालिकाको प्रतीक चिन्ह (लोगो) निर्माण गर्ने उत्कृष्ट डिजाइनर लाई ३० हजार नगद सहित प्रमाणपत्रले सम्मान गर्ने
थलारा गाउँपालिकाले पालिकाको प्रतीक चिन्ह (लोगो) निर्माण गर्ने उत्कृष्ट डिजाइनर लाई ३० हजार नगद सहित प्रमाणपत्रले सम्मान गर्ने जनाएको छ ।
पालिकाले सोमबार सुचना मार्फत आफ्नो प्रतीक चिन्ह लोगो निर्माण गर्न लागेको र उत्कृष्ट लोगो निर्माण कर्तालाई उक्त पुरस्कारले पुरस्कृत गरिने जनाएको हो ।
पालिकाले प्रतीक चिन्ह लोगो निर्माणमा पालिकाको भुगोल,जनजीवन ऐतिहासिक सामाजिक, प्राकृतिक, आर्थिक, साँस्कृतिक एवं विशिष्ट पहिचान झल्किएको हुनु पर्ने जनाएको छ । लोगो प्रतिस्पर्धा मार्फत छनौट गरिने भएकाले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र प्रतीक चिन्ह लोगो निर्माण गरि कार्यालयमा बुझाउन वा पालिकाको इमेल ठेगाना thalaramun@gmail मा सप्ट कपि पेश गर्न भनेको छ ।
लोगोमा नेपालको झण्डा र थलारा गाउँपालिकाको नाम अनिवार्य समावेश हुनुपर्ने , कुनै जातीय विभेद र सम्प्रदायिकतालाई प्रसय दिने खालको सांकेतिक नहुनु पर्ने, राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने संकेत प्रयोग नभएको, लोगोमा समावेश गरिएका संकेतको सक्षिप्त ब्याख्या गर्नुपर्ने, लोगो निर्माण गर्दा नेपाल सरकारको निशान छापको मापदण्ड बमोजिम हुनुपर्ने, लोगो अन्यत्रबाट नक्कल नगरिएको मौलिक तथा बिशिस्ट पहिचानको हुनुपर्ने र लोगो स्वीकृतिको अधिकार गाउँ कार्यपालिकामा निहित हुने सुचनामा उल्लेख गरिएको छ । साथै दुई वा दुई भन्दा बढी डिजाइन समायोजन गरि लोगो निर्माण गरिएमा लोगो डिजाइनकर्ता लाई दामासायि हिसाबले उक्त पुरस्कार वाडिने समेत सुचनामा उल्लेख गरिएको छ ।








