९ माघ २०८२, बिहीबार

त्रिभुवन माध्यमिक बिधालय महेन्द्रधारका छात्रामा देखियो बेहोस भई ढल्ने समस्या
थलारा गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवन माध्यमिक बिधालय महेन्द्रधारमा छात्राहरुमा बेहोस भई ढल्ने समस्या देखापरेको छ । दैनिक बिधार्थी कक्षा कोठामा बेहोस भई ढल्न थालेपछि बिधालयको पठनपाठनमा समस्या भएको छ । शैक्षिकसत्रको सुरुवात देखिनै दैनिक जसो छात्रा बेहोस हुने र ढल्ने गरेको प्रधानाध्यापक धन बहादुर बिष्टले बताउनुभयो । उनका अनुसार कक्षा ६ देखि ८ कक्षा का १४ देखि १८ वर्ष उमेर समुहका छात्रामा उक्त सम्स्या देखापरेको हो । नजिकै मन्दिर भएकोले दैविक शक्तिका कारण उक्त समस्या आएको हुन सक्ने स्थानीयको बिश्वास रहेको तर यो दैबिक शक्तिको प्रभाव नभई मानसिक समस्या भएको ब्यबस्थापन समिति अध्यक्ष राजेन्द्र बोहराले बताउनु भयो ।
बिधालयमा छात्रा बेहोस भई ढल्ने समस्या आएको जानकारी प्राप्त भएको र उक्त समस्या समाधानको लागि मानसि स्वास्थ्यको टोली भोलि सम्म बिधालय पुग्ने थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताउनुभयो ।







