९ माघ २०८२, बिहीबार

थलारामा साबिक उ.मा. बि. शिक्षक, राहात शिक्षक, बालबिकास र बिधालय कर्मचारीहरुको संयुक्त विरोध सभा
थलारा गाउँ पालिका अन्तरगतका साबिक उ.मा. बि. शिक्षक, राहात शिक्षक, बालबिकास र बिधालय कर्मचारीहरुको संयुक्त विरोध सभा गरेकाछन ।
थलारा गाउँपालिका अन्तरगतका साविक उच्च मा. बि. शिक्षक, राहत शिक्षक, बालविकास सुत्रधार तथा विद्यालय कर्मचारीहरूले संयुक्त रूपमा विरोध सभा गरेका हुन ।
उनीहरूले आफ्नो पेशागत सुरक्षा, पारिश्रमिक, सेवा सुविधा तथा अधिकार सुनिश्चितताको माग गर्दै सामूहिक रूपमा आन्दोलन गरेका हुन्। उनिहरुले आफुलाई शाझा अधिकारमा राख्नुपर्ने, संविधान संशोधन गरिनुपर्ने
शिक्षा ऐनमा आफ्ना माग संबोधन नभएको भन्दै बिरोध सभा गरेका हुन ।

राहात शिक्षक थलारा अध्यक्ष संजीब नेपालीको अध्यक्षतामा सम्पन्न विरोध सभामा राहात शिक्षक केन्द्रीय उपाध्यक्ष धनपति जोशी प्रमुख अतिथि रहनु भएको थियो सभालाई राहात शिक्षक थलारा सचिव शेर खाती, नेपाल शिक्षक महासंघ सह अध्यक्ष जनक पाण्डे कर्मचारी अध्यक्ष किस्न साउद लगायतले संबोधन गरेका थिए ।

उनिहरूले शिक्षक तथा कर्मचारीको हकअधिकार खोस्ने प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताए। उनीहरूले माग पूरा नभए थप कठोर आन्दोलन गर्ने चेतावनी पनि दिदै पालिकामा ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।
ध्यानाकर्षण पत्र बुझ्दै थलारा गाउँपालिका अध्यक्ष अध्यक्ष प्रकाश रोकायाले हामी शिक्षको पक्षमा रहेको तर माग सम्बोधन गर्ने अधिकार संघिय सरकारलाई भएकोले ज्ञापनपत्र बुझाएको जानकारी संघिय सरकार शिक्षा मन्त्रालयलाई दिने आन्दोलन गर्दा पठानपाठन बन्द नगर्ने गरि गर्न आग्रह गर्नु्नुको थियो ।

शिक्षकले बुझाएको ध्यानाकर्षण पत्रमा १७ गतेदेखि बिधालय ठप्प पार्ने चेतावनी दिएको छ साथै आन्दोलन थप प्रभावकारी बनाउन संजिब नेपालीको अध्यक्षतामा
१३ जनाको संयुक्त आन्दोलन परिचालन समिति र ५ सदस्यीय पालिका स्तरीय सल्लाहकार समिति समेत गठन गरेको छ ।







