८ माघ २०८२, बुधबार

थलारामा प्रतिबद्ध परियोजनाको वार्षिक समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
थलारामा प्रतिबद्ध परियोजनाको वार्षिक समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार आयोजित कार्यक्रममा विगत एक वर्षको परियोजना गतिविधि, प्राप्त उपलब्धि, सामना गर्नुपरेका चुनौती तथा आगामी वर्षका प्राथमिकतामाथि विस्तृत छलफल गरिएको थियो।
थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुमि आयोग बझाङका अध्यक्ष पर्यागराज जोशी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या, वडा अध्यक्ष बिषयगत शाखा प्रमुख , परियोजनाका लाभग्राहीहरूको सहभागिता रहेको थियो।
प्रतिबद्ध परियोजनाले सामाजिक उत्तरदायित्व, विपद् व्यवस्थापन तथा आयआर्जनसम्बन्धी गतिविधिमा योगदान पुर्याएको जानकारी प्रस्तुत गरिएको थियो। सहभागीहरूले परियोजनाको कामलाई सकारात्मक मान्दै अझ प्रभावकारी बनाउन सुझावसमेत दिएका थिए।
कार्यक्रममा सरोकारवालाले परियोजनाले गरेका कार्यहरू पारदर्शी, समावेशी र समुदायमुखी भएकाले निरन्तरता आवश्यक रहेको धारणा राखेका थिए।
परियोजनाका सहजकर्ता कबिता भट्टको सञ्चालन रहेको कार्यक्रममा परियोजना अधिकृत तेज बोहराले परियोजनाको वार्षिक प्रगति प्रतिबेदन र आगामी योजना प्रस्तुत गर्नु भएको थियो ।







