थलारा ४ ठिङमा गौरा पर्व विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ४ ठिङमा यस वर्षको गौरा पर्व विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ। थलारा गाउँपालिका वडा नम्बर ४ क‍ो आयोजनामा कार्यक्रम गरिएको हो ।
स्थानीय महिलाहरुले परम्परागत पहिरन र भेषभूषामा सजिएर गौरा सेलाई गरेका थिए भने पुरुष तथा युवायुवतीहरूले सामूहिक रूपमा देउडा खेल प्रस्तुत गरेका थिए।

1000077595

थलारा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राम चन्द्र जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि रहनु भएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थलारा गाउँपालिका अध्यक्ष रोकायाले थलारामा प्राय गौरा मनाउने चलन नभएको तर छुट्टै पहिचान सहित ठिङमा गौरा मनाउने चलाउन छ । यस पर्वलाई अझ महत्त्व दिनु पर्छ भन्दै यसलाई थलारा गाउँपालिकाकै मेला बनाउनु पर्ने धारणा राख्नुभयो ।  साथै उनले
आफ्ना पुराना संस्कार र संस्कृति जोगाउने र पुस्तान्तरण गर्ने महत्वलाई जोड दिनुभयो । कार्यक्रमका अर्का बक्ता लेखा परिक्षक गोकुल राज जोशीले  परम्परादेखि सामाजिक सद्भाव कायम राख्ने र धार्मिक सस्कार जोगाउन दोवाटु पर्वका रुपमा मनाउने यश पर्वमा आगन्तुक लाई प्रशादको रुपमा बिरुडा दिने चलन रहेको बताउनु भयो । साथै उनले ठिङ बासिले  मनाउदै आएको गौरा पर्व
यो वर्ष पालिका स्तरबाटै  मनाईएकोमा खुसि ब्यक्त गर्दै अझै प्रभाकारी बनाउनु पर्नेमा जोड दिनु भयो ।

1000077600

कार्यक्रममा देउडा कार्यक्रम पनि आयोजना गरिएको थियो । देउडाका लागि केसरी बोहरा जनपा दिल बहादुर सिंह थलारा ८, प्रयागराज पाध्या थलारा ६, बिकास धामी थलारा ३, जयराज जोशी थलारा ८ लगायतलाई आमन्त्रण गरिएको थियो ।
भुवनेश्वरी आधारभूत बिधालयको प्राङ्गणमा भेला भई महिलाहरूले गौरा देवीको पूजाआजा गर्दै धार्मिक विधि पूरा गरेपछि देउडा खेलेर मनोरञ्जन लिएका थिए ।  गाउँलेहरूको सक्रिय सहभागिता र उत्साहका कारण कार्यक्रम थप रंगीन र जीवन्त बनेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407