थलारामा सामुदायिक विपद व्यवस्थापन समितिलाई उद्धार सामग्री हस्तान्तरण

सेयर गरौं

थलारा गाउँपालिकामा विपद् व्यवस्थापन क्षमतामा अभिवृद्धि गर्न सामुदायिक विपद व्यवस्थापन समितिलाई उद्धार सामग्री हस्तान्तरण गरिएको छ।
युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित प्रतिबद्ध परियोजनाको सहयोग र थलारा गाउँपालिकाको समन्वयमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

बुधबार एक कार्यक्रमका बिच वडा नम्बर ४ को डिख्ला र ठिङ तोलीका सामुदायिक विपद व्यवस्थापन समितिलाई उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया र वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र जोशीको उपस्थिति रहेको थियो । समितिलाई गमबुट, डोरी, स्ट्रेचर, हेल्मेट, जीवन ज्याकेट,घैति ,बेल्चा, सिट्टि ,टर्च लगायतका विविध प्रकारका उद्धार सामग्रीहरू समितिलाई हस्तान्तरण गरिएको प्रतिबद्ध परियोजना थलारा फिल्ड सहजकर्ता कबिता भट्ट ओझाले जानकारी दिनु भएको छ ।

1000077521

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले विपद् व्यवस्थापन सामुदायिक स्तरमै प्रभावकारी बनाउन यस्तो सामग्री महत्वपूर्ण हुने बताएका थिए। उनले विपद् आउँदा तत्काल उद्धार कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताए।
यस अवसरमा समितिका प्रतिनिधिहरूले सामग्रीले आफूहरूलाई आपतकालीन उद्धार तथा राहत कार्यमा सहज बनाउने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 415