थलाराको दशैमेलामा आयोजना गरेको  वडा स्तरीय खुला महिला पुरुष भलिबल प्रतियोगिता सम्पन्न: पुरुष भलिबल तर्फ थलारा ९ र महिला तर्फ अमृत मेमोरियल प्रथम ।

सेयर गरौं

थलारा गाउँपालिकाको आर्थिक सहयोग र दशैमेला ब्यवस्थापन समितिले आयोजना गरेको  वडा स्तरीय खुला महिला पुरुष भलिबल प्रतियोगिताको उपाधि थलारा ९ ले जितेको छ ।
मष्टा भैरव फर्निचर तथा ग्रिल छविसपाथिभेरा १ बिच भएको फाईनल खेल जिते संगै थलारा ९ ले प्रतियोगिताको ट्रफि जितेको हो ।

1000082772

ट्रफिसंगै उसले प्रथम पुरस्कार १ लाख ११ हजार १ सय १० मेडल जितेको छ । मष्टा भैरब फर्निचर तथा ग्रील छविस पाथीभेरा १ द्वितीय भएको छ उसले ५१ हजार १ सय १० प्रमाणपत्र मेडल ट्रफि प्राप्त गरेको छ ।
। भने अमृत मेमोरियल छबिसपाथिभेरा तृतीय भएको छ उसले २५ हजार १ सय १० ट्रफी मेडल प्रमाणपत्रजितेको छ ।
त्यस्तै महिला भलिबल तर्फ प्रथम अमृत मेमोरियल छविस पाथिभेरा  भएको छ । उसले ५१ हजार १ सय १०, ट्रफि मेडल प्रमाणपत्र जितेको छ ।
द्वितीय थलारा १  भएको छ उसले २५ हजार १ सय १०ट्रफि मेडल प्रमाणपत्र जितेको छ ।
तृतीय राम स्मृति थलारा ५  भएको छ । उसले १५ हजार १ सय १० ट्रफी मेडल प्रमाणपत्र जितेको छ ।

1000080933


प्रतियोगितामा बिधागत पुरस्कारको पनि ब्यबस्था गरिएको थियो । दशै मेला ब्यबस्थापन समिति अध्यक्ष ललित खातिको अध्यक्षतामा भएको कार्यक्रमको असोज ११ गते   थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले बिधिवत उद्घाटन गर्नु भएको थियो ।
थलारा मा बि खोलीको प्राङ्गणमा भएको कार्यक्रममा पुरुष भलिबल तर्फ ३५ टिम दर्ता भएका थिए भने महिला तर्फ ८ टिम सहभागी भएका थिए ।

1000081380


दशैमेलाको अवसरमा देउडाका लागि राम साउद अछाम, टिकासानी साउद डोटी, दिल बहादुर सिंह बझाङ, जयलक्ष्मी खड्का बझाङ, बिकास धामी बझाङ, महेश रोकाया बझाङ, लगायतका देउडा खेलाडीलाई आमन्त्रण गरिएको थियोे ।
भलिबल खेल सम्पन्न भए संगै २०८२ को थलारा दशै मेलाको समापन भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407