सडक निकासको माग राख्दै सडिलका जेन्जी युवाले लगाए थलारा गाउँपालिकाको कार्यालयमा ताला

सेयर गरौं

सडक निकासको माग राख्दै थलारा गाउँपालिका वडा नम्बर ६ सडिलका जेन्जी युवाले थलारा गाउँपालिकाको कार्यालयमा ताला लगाएकाछन । आज दिउसो कार्यालयमा आएका युवाहरुले कर्मचारीलाई बाहिर निकाल्दै कार्यालयमा तालाबन्दी गरेका हुन । झनाना सडिल तराटी ठिङाललेख सडक निकासिको माग गर्दै उनिहरु पालिका पुगेका हुन । यश अघि उनिहरुले वडा नम्बर ६ को कार्यालयमा समेत तालाबन्दी गरेका थिए । गाउँपालिकामा ताला लगाउने सुचना पाएपछि ईलाका प्रहरी कार्यालय खोलीको टोली पुगेपनि कमै मात्रामा सुरक्षा कर्मीहुदा नियन्त्रण गर्न नसकेको प्रहरीले जनाएको छ । कार्यालयमा तोडफोड पनि भएको छ के कति क्षति भएको छ अहिले भन्न नसक्ने प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्याले बताउनु भयो । सडिलका युवाहरुले आफ्नो माग पूरा गराउन शान्तिपूर्ण ढंगले गाउँपालिका र वडा पालिकामा ताला लगाईएको र माग पूरा नहुन्जेलसम्म ताला नखोल्ने बताएका छन ।
थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले आफू जिल्ला बाहिर रहेको बताउनु भयो । उनले सडिल सडक निकासाका लागि टेण्डर भएको र उक्त टेण्डर बानु कन्ट्रक्सनले लिएको र लगत्तै सडकको काम सुरुहुने बताउनुभयो ।
झनाना सडिल तराटी ठिङाल्लेक सडक ठिङाल्लेकबाट कटिङ सुरु गरि पिखेत गाउँको मुङरा धारा सम्म पुगेको छ भने झनाना हुँदै पिखेत गाउँ सम्म पुगेको छ । गाउँमा सहमति नजुट्दा करिव १५० मिटर सडक जोडिन बाकी छ । पालिकाबाट सडक जोड्न आर्थिक बर्ष २०८१/८२ मा १० लाख रुपैया बिनियोजन गरिएको थियो । सडकले घर जग्गामा क्षेति पुग्ने भन्दै सडक काट्न नदिएपछि सडक जोडिन नसकेको हो । सडक निकासका लागि बिकल्प खोज्ने सहमति जुटाउने धेरै पर्यास भएपनि सहमति जुट्न सकेन । सडिल बासिले सडक निकासको माग पालिकामा राखेपछि थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या, वडा अध्यक्ष अनिल बिष्ट लगायत सरोकारवालाहरुको पहलबाट पनि सहमति नजुट्दा बजेट फ्रिज गएको थियो ।
पिखेतबाटमात्रै सडक आउनुपर्छ भन्ने हाम्रो मागछैन जहाबाट भएपनि सडिल गाउँ सडकसंग जोडिनुपर्छ भन्ने आफ्नो माग रहेको युवा राजेश कडायतले बताउनुभयो । गाउँमा सडक पुग्नुपर्ने सडिलबासिको माग सहि भएपनि पालिकामा ताला लगाएर मात्र समस्या समाधान नहुने हुदा वार्ता र संबादको माध्यमबाट समस्याको समाधान खोज्न धेरैले सुझाव दिएकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 374