२४ कार्तिक २०८२, आईतवार

थलारा गाउँपालिका कार्यालयमा लगाएको ताला अझै खुलेन सेवाग्राही मर्कामा
थलारा गाउँपालिका कार्यालयमा लगाएको ताला अझै खुलेको छैन । सडक निकासको माग राख्दै थलारा गाउँपालिका वडा नम्बर ६ सडिलका जेन्जी युवाहरुले मंगलबार थलारा गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए । झनाना सडिल तराटी ठिङाललेख सडक निकासिको माग गर्दै उनिहरुले पालिकामा ताला लगाएका हुन । पालिकामा ताला लगाएको दुईदिन बितिसक्दा पनि ताला नखोलिदा सेवा ग्राही मर्कामा परेकाछन । प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले सेवा दिन अफिसियल टाईममा सवै कर्मचारी कार्यालयमा पुगेको र ताला लगाईएकाले सवै फर्किएको बताउनुभयो । उनले भने अध्यक्ष उपाध्यक्ष कार्यालयमा छैनन् हामीले २ घण्टा जति कुरेउ कोहिपनि नहुदा कार्यालय परिसर सरसफाइ गरेउ र फर्कियौ । भोलि सम्म निकास निस्केला । गाउँपालिकामा ताला लगाउने सडिल युवा समुहका राजेश कडायतले आफुहरु पनि वडा पालिका हुदै गाउँ पालिका कार्यालय सम्म पुगेको र कुनै पनि निकायबाट सम्पर्क नभएको बताएकाछन । सडक निकासीको माग राख्दै गाउँपालिकाको कार्यालयमा ताला लाउदा पनि माग सुनुवाइ नभएको उनको भनाइ छ । भोलि १२ बजेसम्म कुनै निकास न निस्किए आन्दोलनका चरण थपिने उनको भनाइ छ । यसवारे थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले भोलि गाउँपालकामा लगाईएको ताला खोलिने र सेवा सुचारु हुने बताउनु भएको छ ।
थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया जिल्ला बाहिर भएपनि आज घर पुगिसकेको बताईएको छ





