सडक निकासको माग राख्दै थलारा  ६ सडिलका जेन्जी युवाले  थलारा गाउँपालिकाको कार्यालयमा लगाएको ताला आज पनि खुल्न सकेन ।

सेयर गरौं

थलारा गाउँपालिका कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन । ताला खुलाउन प्रयास भएपनि निश्कर्ष न निस्किदा ताला न खोलिएको हो । थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले समस्या समाधानका लागि कार्यपालिका बैठक बोलाउनु भएको थियो । गाउँ कार्यपालिका सदस्य हरुले माग संबोधन गर्न पहल गर्ने भन्दै पालिकामा लगाएको ताला खोल्न आग्रह गरेपनि माग पूरा नहुन्जेल ताला नखोल्ने सडिलबासिको अडानका कारण तालाबन्दी जारी नै रहेको छ । थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बार्ता सहमति नजिक पुगेको बताउनु भयो । सडक पिखेत गाउँ भएर जाने बाटो भएरै लिने र भोलि बिहान नक्सा हेर्ने अमिनको टोलि बोलाई सार्वजनिक जग्गा छुटाई सडक निकासाको काम अघि बढाईने गरि आजको बार्ता टुङ्गिएको बताउनुभयो ।
भोलि बिहान सवै कार्यपालिका सदस्य आन्दोलनरथ सडिल बासि र पिखेत गाउँबासिको बिचमा सम्बादको माध्यामबाट समस्याको निकास निकाल्ने उनको भनाइ छ । सडक निकासको माग राख्दै थलारा गाउँपालिका वडा नम्बर ६ सडिलका जेन्जी युवाहरुले मंगलबार थलारा गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए । झनाना सडिल तराटी ठिङाललेख सडक निकासिको माग गर्दै उनिहरुले पालिकामा ताला लगाएका हुन । पालिकामा ताला लगाएको तिनदिन बितिसक्दा पनि ताला नखोलिदा सेवा ग्राही मर्कामा परेकाछन । पालिकाको ताला नखुल्दा पालिकाले दिने महत्त्वपूर्ण सेवाहरु रोकिएकाछन । छिटो समस्याको समाधान गरि पालिकाको ताला खोल्न गाउँपालिका बासिको दवाव बढ्दै गएको छ ।

1000084166

यसैबीच थलारा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कार्यालयमा काम गर्ने बाताबरण नभएको भन्दै बाताबरण नबनेसम्म कार्यालयका काम अगाडि नबढाउने भन्दै पालिका अध्यक्ष प्रकाश रोकायालाई ज्ञापनपत्र बुझाएकाछन । सडक निकासीको माग राखी आन्दोलन गरिरहेका सडिलका युवाहरुले कर्तब्य निष्ट भई काममा खटिएका कर्मचारी लाई गालिगलौज गरेको भन्दै दोषि माथि कार्वाहीको माग राख्दै पालिका अध्यक्ष प्रकाश रोकायालाई ज्ञापनपत्र बुझाएका हुन ।
असोज २१ गते सडिल टोलका ब्यक्ति हरुले कार्यालयकै काममा गैरहेका कार्मचारीको सवारी साधन बाटोमै रोकी गालिबेजत गरेको र पालिका भित्र काममा खटिएका कर्मचारीलाई धाक धम्की दिई मानमर्दन गरि कार्यालयबाट बाहिर निकालेको, कार्यालयमा काम गर्ने बाताबरण नभएको भन्दै दोषि माथि कार्वाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन । साथै काम गर्ने बाताबरण नबनुनजेल सम्म कार्यालयका कामहरु अघि नबढाउने ज्ञापन पत्रमा उलेख गरिएको छ ।

1000084177
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 374