थलारा गाउँपालिकामा मनाईयो बिश्व मानसिक स्वास्थ दिवस

सेयर गरौं

थलारा गाउँपालिकामा आज बिश्व मानसिक स्वास्थ दिवस मनाईएको छ । सेवामा पहुच विपत र आपतकालीन अवस्थामा मानसिक स्वास्थ भन्ने मुल नारा सहित युएमएन दलित सहयोग समाज मानसिक स्वास्थ परियोजनाको आयोजनामा थलाराको खोलीमा र्याली सहित विश्व मानसिक स्वास्थ दिवस मनाईएको हो । र्यालीमा मानसिक स्वास्थ हाम्रो कर्तव्य, मन ठिक जीवन ठिक, मानसिक स्वास्थ्य हाम्रो हक, तनाव हैन मुस्कान ल्याउ, लुकाउदैनौ बोल्छौ अब, सव‌ैका लागि मानसिक स्वास्थ, आत्महत्या होइन जीवन रोजौ, थलारा बोल्छ मानसिक स्वास्थ, लगायतका नारा लाईएका थिए ।

1000084382


र्याली कोटभैरब स्वास्थ चौकी देखि सुरु भई कोटफेरा ग‍ोलघर धाच भई हाटमा गई टुङीएको थियो । कार्यक्रममा स्वास्थ कर्मी, आमा समूह लगायत स्थानीयको उपस्थिति रहेको मानसिक स्वास्थ परियोजना थलारा सहजकर्ता पूर्ण नेपालीले बताउनु भएको छ ।

1000084365
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 374