८ माघ २०८२, बुधबार

भगवती आधारभूत बिधालयले मनायो आफ्नो २८ औ वार्षिकोत्सब समारोह
थलारा ७ गोठिगाउँ स्थित भगवती आधारभूत बिधालयले आज आफ्नो २८ औ वार्षिकोत्सब समारोह मनाएको छ ।
२०५४ सालमा स्थापना भएको बिधालयले बिबिध कार्यक्रम सहित आफ्नो २८औ वार्षिकोत्सब समारोह मनाएको हो ।
बिब्यस अध्यक्ष केशवराज उपाध्यायको अध्यक्षतामा भएको समारोहमा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथि र वडा नम्बर ७ का अध्यक्ष किस्ने सार्की बिशिस्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बिधालयले बिधालयका संस्थापक सदस्य नन्द कृष्ण ओझा, संस्थापक शिक्षक राधाकृष्ण जोशी ,धर्म राज उपाध्याय, भुपु बिब्यस अध्यक्ष मोतिलाल पाध्या र अभिभावक शिवु सार्कीलाई सम्मान गरेको छ ।

वार्षिकोत्सब समारोहमा बिधालयको सामाजिक परिक्षण कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक दिपक राज उपाध्यायले बिधालयको शैक्षिक,भौतिक र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बिधालयका छात्र छात्राले मागल लगायतका सास्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।








