गढीगाँउमा एक महिना भित्र बिधुत बाल्ने द्विपक्षीय सहमति अवरुद्ध दिपायल चैनपुर सडक सुचारू

सेयर गरौं

थलारा गाउँपालिका वडा नमवर ४ गढीगाउमा एक महिना भित्र बिधुत बाल्ने सहमति भएको छ । बिधुत खानेपानी लगायतका माग सहित
थलारा गाउँपालिका वडा नम्बर ४ गढीगाँउबासिले आज दिपायल चैनपुर सडक अवरुद्घ गरेका थिए ।
थलारा गाउँपालिका वडा नम्बर ४ ले महेन्द्रधारमा आयोजना गरेको चतुर्दशी मेलामा गई रहेका उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या लगायतको टोलि गईरहेको पालिकाको गाडी समेत करिव ४ घण्टा अवरुद्धमा परेको थियो ।


धेरै पटक गाउँलाई बिधुतिकरणको लागि वडा हुदै गाउँपालिकामा माग राखेपनि माग सम्बोधन नभएपछि बाध्य भएर आज सडक अवरुद्ध गरेको वडा नम्बर ४ गढिगाउँका स्थानीय विर्ष बोहराले बताउनु भयो । आफ्ना माग सुनुवाइ नभए र छिटो सम्बोधन नभए वडापालिका र गाउँपालिकामा ताला बन्दी गर्ने उनको चेतावनी छ । गाउँमा खानेपानीको समस्या पनि रहेको र उक्त समस्या पटक पटक पालिकालाई अवगत गराउदा पनि सुनुवाइ नभएको उनको भनाई छ ।


करिव ४ घण्टापछि थलारा गाउँपालिका र आन्दोलनरत गढीगाँउबासि बिच २ बुदे सहमति पछि सडक सुचारू भएको छ ।
थलारा गाउँपालिका र आन्दोलनरत गढीगाँउबासि बिच भएको सहमतिमा थलारा गाउँपालिका लाई बिधुतिकरण गर्ने ठेक्का पाएको एडिवि लाई तत्काल गढीगाँलाई पहिलो प्राथमिकतामा राखि बिधुतिकरणको कार्य अघिबढाउन ताकेता गर्ने , यदि एडिबिले बिधुत बाल्ने कार्य ढिलो गरे हिउदे अधिबेशन बाट बजेट बिनियोजन गरि गाउँपालिकाले गढीगाउमा बिधुत बाल्ने सहमति भएको छ ।
सहमतिमा थलारा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष राम बहादुर खाती प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या, वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र जोशी, वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी, वडानम्वर २ का अध्यक्ष रविन्द्र खाती र वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्र बिष्टले हस्ताक्षर गर्नु भएको छ ।
त्यस्तै आन्दोलनरत पक्षको तर्फबाट बिर्ष बोहरा, राजेन्द्र बोहरा, प्रेम बोहरा, पुर्व थलारा गाउँपालिका उपाध्यक्ष गंगुदेवी खडायत लागायतको हस्ताक्षर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407