मानसिक स्वास्थ्य परियोजनाको  वार्षिक सामाजिक लेखा–परिक्षण कार्यक्रम सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकामा मानसिक स्वास्थ्य परियोजनाको  वार्षिक सामाजिक लेखा–परिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
UMN काे आर्थिक सहयाेग र दलित सहयाेग समाज काे  साझेदारीमा सन्चालित मानसिक स्वास्थ्य परियाेजनाको बार्षिक सामाजिक लेखापरिक्षण सम्पन्न भएको हो

1000099753

कार्यक्रममा परियोजनाले गत वर्षभरि गरेका गतिविधि, व्यय–व्यवस्थापन, प्राप्त उपलब्धि तथा चुनौतीहरू प्रस्तुत गरिएको थियो।
सहभागीहरूले परियोजनाको पारदर्शिता, सेवा पहुँच तथा प्रभावकारिताबारे सुझाव राख्दै आगामी वर्षका लागि सुधारका बिन्दुहरू पनि प्रस्ताव गरेका थिए।
दलित सहयोग समाज बझाङका अध्यक्ष मोहनलाल बि क को अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या वडा नम्बर २ का अध्यक्ष रबिन्द्र खाती वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी,दलित सहयोग समाज कार्यकारी निर्देशक सुनिल नेपाली लगायत अतिथि  रहनु भएको थियो ।

दलित सहयोग समाज मानसिक स्वास्थ परियोजना थलारा सहजकर्ता पुरन नेपालीको सञ्चालन रहेको कार्यक्रममा दलित सहयोग समाज परियोजना  संयोजक बिस्ना बमले संस्थाले गतवर्ष गरेका कार्यक्रम र आगामी वर्षको योजना पस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार भुमिराज जोशीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407