८ माघ २०८२, बुधबार

थलारामा सञ्चालन हुँदै आएको प्रगतिशील युवा समाज सृजना परियोजनाको बहिर्गमन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
थलारा गाउँपालिकामा सञ्चालन हुँदै आएको प्रगतिशील युवा समाज सृजना परियोजनाको बहिर्गमन तथा हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममार्फत परियोजनाले हालसम्म गरेका गतिविधि, उपलब्धि र सिकाइको समिक्षा गर्दै सम्बन्धित सरोकारवाला निकायलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ।
कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, परियोजना व्यवस्थापन टोली, साझेदार संस्था, युवा उधमी प्रतिनिधि तथा शाखा प्रमुखको सहभागिता रहेको थियो। सहभागीहरूले परियोजनाले शिक्षा, जीविकोपार्जन, महिला सशक्तीकरण तथा सामाजिक चेतनामा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो।

गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले सृजना परियोजनाले स्थानीय तहको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरेको भन्दै धन्यवाद व्यक्त गरे। उनले परियोजनाबाट सुरु गरिएका गतिविधिहरूलाई गाउँपालिकाले निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभयो। साथै उनले सीप सिकेकाले पालिका मै सीप प्रयोग गर्न आग्रह गर्नु भयो ।
प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लव राज जोशीले ५ वर्ष अघि कोभिडको कारण प्रवास वाट फर्किएका युवाहरुलाई लक्षित गरि परियोजनाले कार्य सुरु गरेको वताउनु भयो । उनले अहिलेसम्म थलारामा १७५ उधमी र २५५ जना रोजगार बनेका बताउनुभयो । परियोजनाद्वारा सञ्चालन गरिएको अल्लो उधोग उदारणीय बनेको र उधोगवाट ६/७ जना रोजगारी वनेकाछन भन्दै राम्रो वनेको कामलाई पालिकाले अपनत्व लिएर निरन्तरता दिन र उधमीले आफ्नो ब्यवसायलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

युएमएन सुदुर पश्चिम कलस्टर टिम लिडर मोहन चन्द्र भण्डारीले विगत ५ वर्षमा सृजना परियोजनाले राम्रो काम गरेको बताउनुभयो ।
उनले निर्धारित अवधिमा परियोजनाका लक्ष्यहरू सफलतापूर्वक पूरा भएको जानकारी दिँदै स्थानीय संरचनालाई सक्षम बनाउँदै जिम्मेवारी हस्तान्तरण गरिएको बताए। साथै, स्थानीय समुदायको सक्रिय सहभागिताले परियोजना सफल भएको उहाँको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केशीले परियोजनासँग सम्बन्धित सामग्री, अभिलेख तथा जिम्मेवारी औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको थियो। कार्यक्रममा सृजना परियोजना कार्यक्रम संयोजक बल बहादुर ओडले परियोजनाको ५ वर्षको उपलब्धि प्रस्तुत गर्नु भएको थियो ।








