थलारा ८ मा बाघको आतंक एकै दिन मार्यो १० बाख्रा

सेयर गरौं

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघ सामुदायिक बनमा प्रवेश गरी बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ८ स्थित कोईरालकोटमा १० वटा बाख्रा मारेको छ। बुधबार राति भएको उक्त घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ भने पशुपालक किसान ठूलो आर्थिक क्षतिमा परेका छन्।
स्थानीयवासी खडक बहादुर सिंहका अनुसार बुधबार दिउसो अनिकान डाडाबाघ मध्यवर्ती सामुदायिक बनको ककनेडि घोडिविन्ना हलाने बन क्षेत्रमा चराउन छोडिएका बाख्रालाई बाघले आक्रमण गरेको हो। बाख्राको खोजी गर्दा छडिभवानी मध्यवर्ती सामुदायिक बनको विभिन्न ठाउँमा मरेका अवस्थामा फेला परेपछि घटना बाहिर आएको थियो। बाघको आक्रमणबाट केही बाख्रा मरेका थिए भने केही घाइते अवस्थामा भेटिएपछि उपचारको अभावमा मरेको स्थानीयले बताएका छन्।
बाघले स्वयमसेवीका जानकी देवी सिंहका ४, शिक्षक डवल बहादुर सिंहका ३, किशोर बहादुर सिंहका २ र जनक बहादुर सिंहका १ गरि १० बाख्रा मारेको हो । जानकी देवी सिंहका २ बाख्रा बेपत्ता रहेकाछन ।


बाघको आक्रमणको खबर पाएपछि थलारा गाउँपालिका भेटेनरि शाखाका प्राबिधिक चन्द्र रोकाया घटनास्थलमा पुगेका छन्। खप्तड राष्ट्रिय निकुञ्जसँग समन्वय गरी घटनाको मुचुल्का उठाउने र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ।
पुष २१ गते मात्रै बाघले वडा नम्बर ८ देवस्थलीका मोहनराज उपाध्यायको १ र हरिप्रसाद उपाध्यायको १ गरि २ वाख्रा गाउँ नजिकै मारेको स्थानीय डिल्ली राज उपाध्यायले बताउनुभयो ।
घटनाबाट प्रभावित किसानको मुख्य जीविकोपार्जन पशुपालन नै भएकाले यो क्षतिले परिवारको आर्थिक अवस्था थप कमजोर बनेको छ। पीडित किसानले सरकार तथा सम्बन्धित निकायसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।


स्थानीयवासीका अनुसार पछिल्लो समय जंगली जनावर बस्ती नजिक आउन थालेपछि रातको समयमा गोठ र घर सुरक्षित गर्न कठिन भएको छ। बाघ, भालु, बदेललगायत वन्यजन्तुको जोखिम बढ्दै जाँदा पशुपालन र खेतीपाती दुवै प्रभावित हुँदै आएको उनीहरूको भनाइ छ।
वडा नम्बर ७ अदुकालीका स्थानीय दिपक चलाउनेलेका अनुसार खप्तड राष्ट्रिय निकुञ्जबाट आएका बदेलले किसानले लगाएको गहुँवाली तरकारी र फलफूल खेती नष्ट गरेको छ ।
वन्यजन्तु संरक्षण र स्थानीयको सुरक्षाबीच सन्तुलन कायम गर्न तत्काल प्रभावकारी उपाय अपनाउनुपर्ने स्थानीयको माग छ। बाघको आवागमन बढेपछि कुनै मानवीय क्षति हुन सक्ने जोखिमसमेत देखिएकाले निकुञ्ज प्रशासनले निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
यी घटनाले खप्तड राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व गहिरिँदै गएको स्पष्ट देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
7
पदम खड्का
पदम खड्का
Articles: 407