थलारा साना किसान कृषि सहकारी संस्था को १० औँ वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच उद्घाटन

सेयर गरौं

साना किसानको समृद्धि कृषिको रुपान्तरण र उधमशिलताको बिकास भन्ने नारा सहित
थलारा साना किसान कृषि सहकारी संस्था लिमिटेड, पाराकाट्ने बझाङको १० औँ वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले शब्द बाचन गरी गर्नुभएको हो ।


सहकारी अध्यक्ष मेनका धामी साउदको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी,भुतपुर्व थलारा गाउँपालिका उपाध्यक्ष गंगु देवी खडायत, वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष भिम डौडे, कार्यपालिका सदस्य बिर्ख मिजार, सहकारीका संस्थापक अध्यक्ष विकास रावल लगायत बिशिस्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले साना किसानको आर्थिक सशक्तीकरण, उत्पादन वृद्धि र आत्मनिर्भर कृषि प्रणाली निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए।


कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सहकारीका शेयर सदस्य, कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो। साधारणसभाले आगामी वर्षका लागि कृषि उत्पादन, बचत तथा ऋण विस्तार र सदस्य क्षमता अभिवृद्धि कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
साधारणसभामा सहकारी अध्यक्ष मेनका धामी साउदले सहकारीको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने लेखा संयोजक मोहन साउदले लेखा प्रतिबेन र प्रबन्धक मदन बहादुर बोगटीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।


थलारा साना किसान सहकारीको जम्मा कारोबार १ करोड ७३ हजार रहेको छ । सहकारीले सदस्यलाई ऋण लगानी १ करोड ३५ लाख ६० हजार गरेको छ । सहकारीमा ७ सय २४ सेयर दस्य,११३ समूह
र ४ खानेपानी संस्था आबद्ध रहेकाछन ।
सहकारी संस्थाले आइतबार वडा नम्बर ३ स्थित संस्थाको भवनमा साधारणसभाको समापन गर्ने सहकारी संस्थाका प्रबन्धक मदन बोकटीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407