छडिभेल झरनाको उचाई २ सय ३१ .३० फिट अर्थात ७०.५ मिटर रहेको प्रमाणित

सेयर गरौं

छडिभेल झरनाको उचाई २ सय ३१ .३० फिट अर्थात ७०.५ मिटर रहेको प्रमाणित भएको छ ।थलारा गाउँपालिका इन्जिनियर संगित रोकायाको टोलीले आज आधिकारिक रुपमा छडिभेल झरनाको उचाइ नापेको हो ।
झरनाको उचाइ नाप्ने कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम बहादुर खाती,प्रमुख प्रशासकीय अधिकृत  प्रयागराज पाध्या, वडा नम्बर ८ का अध्यक्ष टिका राज जोशी, ,  इन्जिनियर संगित रोकाया, सव ईन्जिनियर बिरेन्द्र जोशी, थलारा बहुमुखी क्याम्पस स्वबियु अध्यक्ष महेश जेठारा,थलारा गाउँपालिका पोषण शाखा प्रमुख इन्द्र बहादुर  कडायत, पत्रकार पदम बहादुर खड्का लगायतको टोलीले आज फित्ता हालेर  झरनाको उचाई नापेको हो ।

अहिले सम्म झरनाको उचाइ आधिकारिक रुपमा  पुष्टि हुन सकेको थिएन । झरनाको उचाइ नापे पछि आज देखि छडिभेल झरनाको उचाइ ७०.५ मिटर अर्थात २ सय ३१ .३० फिट पुष्टि भएको थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताउनुभयो । आज देखि थलारा गाउँपालिकाको वईवसाइटमा पनि छिडिभेल झरना संगै उचाइ पनि राखिने प्रमुख प्रशासकीय अधिकृत प्रर्यागराज पाध्याले बताउनुभयो ।

छडिभेल झरना धार्मिक तथा प्राकृतिक दृष्टिले थलारा गाउँपालिकाको प्रमुख गन्तव्य मानिन्छ । थलारा गाउँपालिकाको स्थानीय पाठ्यक्रममा  छडिभेल झरनाको वारेमा पठनपाठन गरिने विषयबस्तु समेटिएको र यहाँ  घुम्न आउने पर्यटकले पनि यसको उचाइ कति छ भनी प्रश्न गर्ने गरेकाले आधिकारिक रुपमा पालिकाले यसको उचाइ  नापेर पुष्टि गरेको उपाध्यक्ष राम बहादुर खातीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
पदम खड्का
पदम खड्का
Articles: 415