थलारा गाउँपालिकामा स्थापना हुने औद्योगिक ग्राम जाने सडकको सर्वे कार्य सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकामा स्थापना हुने औद्योगिक ग्राम जाने सडकको सर्वे कार्य सम्पन्न भएको छ।
गाउँपालिकाको आर्थिक विकास र स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना हुन लागेको औद्योगिक ग्रामलाई लक्षित गरी पहुँच मार्ग निर्माणको पूर्वतयारीस्वरूप सडक सर्वे गरिएको हो। सर्वे कार्यमा थलारा गाउँपालिका ईन्जिनियर संगित रोकाया लगायतको प्राविधिक टोलीले सडकको सम्भावित रुट, लम्बाइ, चौडाइ, भू–बनोट, ढल निकास, लागत अनुमान तथा वातावरणीय पक्षको प्रारम्भिक अध्ययन गरेको छ।


गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारीका अनुसार सर्वे प्रतिवेदनका आधारमा यहि आर्थिक वर्षभित्र सडक निर्माण कार्य अघि बढाइने तयारी छ।
थलारा गाउँपालिकाले औधोगिक ग्राम निर्माणका लागि आर्थिक वर्ष २०८२/०८३ को गाउँसभाबाट २० लाख रकम बिनियोजन गरेको छ । उक्त बजेटबाट ५ सय ६० मिटर लम्बाइ सडक र औधोगिक ग्राम बन्ने स्थलको जग्गा सम्याउने कार्य गरिने प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले बताउनुभयो ।
औधोगिक ग्राम स्थापनाका लागि जामबाझ बासिले
खुइधारमा ४० रोपनी जग्गा पास गरि सकेकाछन ।
उक्त सडक निर्माण भएपछि औद्योगिक ग्रामसम्म कच्चा पदार्थ ढुवानी, उत्पादनको बजार पहुँच र स्थानीय युवालाई रोजगारीका अवसर बढ्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीले औद्योगिक ग्राम र सडक निर्माणले थलाराको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
पदम खड्का
पदम खड्का
Articles: 415