५ फाल्गुन २०८२, मंगलवार

थलारा गाउँपालिका वडा नम्बर ३ को ऐतिहासिक उत्रायनी मेलामा सम्पन्न,२ सय जनाले लिए आयुर्वेद स्वास्थ सेवा
थलारा गाउँपालिका वडा नम्बर ३ को ऐतिहासिक उत्रायनी मेलामा आयोजना गरिएको निशुल्क आयुर्वेद शिविरमा २ सय जनाले सेवा लिएकाछन । शनिबारदेखि सुरु भएको शिविरमा १ सय ३० महिला र ७० पुरुष गरि २ सय जनाले स्वास्थ सेवा लिएका हुन ।
थलारा आयुर्वेद औषधालय खोलीका बरिस्ट कविराज सुनिलकुमार यादवका अनुसार शिविरमा ग्याष्टिक,बातरोग, जोर्नी दुखाइ,कासो, कम्जोरी, विपि, सुगर, पिसाव सम्बन्धि समस्या,महिलाको पाठेघर सम्बन्धि चेक जाँच गरि निशुल्क आयुर्वेद औषधि बितरण गरिएको थियोे ।

शनिबारदेखि शान्ति मा बि पाराकाट्नेको प्राङ्गणमा सञ्चालन भएको उत्रायनी मेलाको सोमबार समापन गरिएको छ ।
मेलाको शनिबार प्रमुख अतिथि थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले उद्घाटन गर्नु भएको थियो ।
थलारा गाउँपालिका ३ का अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि र प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या, वडा नम्बर १ का अध्यक्ष रविन्द्र जोशी, वडा नम्बर ६ का अध्यक्ष अनिल कुमार बिष्ट वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्र बिष्ट लगायत बिशेश अतिथि रहनु भएको थियो ।

परम्परागत रुपमा मनाउँदै आएको उत्रायनी मेलाको अवसरमा देउडा कार्यक्रम आयोजना गरिएको थियोे । देउडाका लागि यसोदा देवकोटा, राम साउद, टीका सानी साउद,लगायतका देउडा खेलाडीलाई आमन्त्रण गरिएको थियो ।

मेलाको अवसरमा पतन्जली योग बझाङ शाखाको सहकार्यमा योग अभ्यास पनि गरिएको वडा अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । उनले
हरेक वर्ष माघे संक्रान्तिको अवसरमा लाग्ने उत्रायनी मेला स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा लिइने गरिएको बताउदै यो वर्ष स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको प्रतीककासाथै जनताको स्वास्थसंग जोड्दै योग अभ्यास र आयुर्वेद स्वास्थ शिविरको पनि आयोजना गरि स्वास्थ सेवा समेत दिने प्रयास गरिएको बताउनुभयो ।
मेलाको समापन कार्यक्रममा वडा तथा गाउँपालिकाका जनप्रतिनिधि, समाजसेवी र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो ।








