थलारा गाउँपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) व्यवस्थितरुपमा सञ्चालन

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । विपद् पूर्वतयारी, प्रतिकार्य, राहत तथा पुनःस्थापनाका सबै कार्यहरूलाई स्थानीय तहबाट प्रभावकारी रूपमा समन्वय, सूचना व्यवस्थापन र निर्णयका कार्यहरु अब LEOC बाट सञ्चालन हुनेछन । केन्द्रको दिगो सञ्चालनका लागि गाउँपालिकाले आफ्नै एक जना छुट्टै कर्मचारीको व्यवस्था गरेको छ भने पालिकाको बार्षिक बजेटमा २४ लाख रुपैयाँ समेत विनियोजन गरेको छ ।
LEOC स्थापनाको लागि प्रतिवद्ध परियोजनाले आधारभूत खोज तथा उद्वार (Search and Rescue) सामग्रीहरु उपलब्ध गराएको हो ।

केन्द्र सञ्चालनका लागि “थलारा गाउँपालिका आपतकालीन कार्यसञ्चालन केन्द्र कार्यसञ्चालन विधि, २०८१” तयार गरेको, स्थानीय कर्मचारी र स्वयंसेवकहरूलाई सामाग्री चलाउने र सूचना व्यवस्थापन गर्ने तालिम (Capacity Building) दिएको र केन्द्रको भौतिक संरचना र सूचना प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुर्याएको थियो ।
गाउँपालिकामा LEOC स्थापना भएपछी विपद् पूर्वतयारी र प्रतिकार्यमा छिटोछरितो तरिकाले कामहरु हुने थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले बताउनुभयो ।

1000110813


विपद् प्रतिकार्यमा खटिने विभिन्न निकायहरूबीच समन्वय, उपलब्ध खोज तथा उद्धार सामग्रीको परिचालन, विपद् प्रभावित क्षेत्रमा राहत सामग्रीको माग र आपूर्तिको लेखाजोखा गरी न्यायोचित वितरण मिलाउने, विपद् जोखिमका नक्साहरू र ऐतिहासिक घटनाहरूको तथ्याङ्क राख्ने र योजना बनाउने कार्यहरु सहज ढंगले सञ्चालन हुने थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रर्याग राज पाध्याले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
पदम खड्का
पदम खड्का
Articles: 415