५ फाल्गुन २०८२, मंगलवार

थलारा गाउँपालिका स्तरीय १६औ राष्टपति रनिङ शिल्ड प्रतियोगिता माघ १४ गतेदेखि भवानी मा. बि. माडौकाट्नेमा हुने
थलारा गाउँपालिका स्तरीय १६औ राष्टपति रनिङ शिल्ड कार्यक्रम यहि माघ १४ गतेदेखि हुने भएको छ। थलारा गाउँपालिका गाउँ कार्यालिका बैठकले थलारा गाउँपालिका स्तरीय १६ औ राष्टपति रनिङ शिल्ड माघ १४ गतेदेखि १७ गतेसम्म भवानी मा बि माडौकाट्नेको प्राङ्गणमा गर्ने निर्णय गरेको थलारा गाउँपालिका शिक्षा संयोजक हर्क बहादुर रोकायाले बताउनुभयो ।

राष्टपति रनिङ शिल्डका लागि खेलमैदान निर्माणकार्य तिब्रगतिमा अघि बढेको छ १४ गतेसम्म खेलमैदान निर्माणकार्य सम्पन्न भईसक्ने शिक्षा संयोजक रोकायाले बताउनुभयो । गतवर्ष त्रिभुवन मा बि महेन्द्रधारमा पालिका स्तरीय १५औ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1







