बैठकले १६औँ बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, यस वर्ष बुङगल नगरपालिकामा सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला खेलकुद समिति बझाङको आज सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
खेलकुद समितिका अध्यक्ष कमल बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।रनिङ शिल्ड प्रतियोगिता यही वैशाख २८ गतेदेखि सुरु हुने जनाइएको छ।
जिल्लाभरका खेलाडीहरूलाई समेट्ने उक्त प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा बैठकमा विस्तृत छलफल भएको थियो ।
बैठकमा जिल्लाका १२ वटै स्थानीय तहका खेलकुद समितिका अध्यक्षहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्रतियोगितालाई सफल बनाउन आवश्यक समन्वय, तयारी तथा व्यवस्थापनका पक्षमा आ–आफ्नो प्रतिबद्धता जनाएका थिए ।
जिल्ला खेलकुद समिति बझाङले प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउन आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइने जनाएको छ।
