Oplus_16908288
नवलपरासी जिल्ला स्थित पूर्व–पश्चिम राजमार्गको अरुण खोला नजिक टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा बझाङ जिल्ला बित्थडचिर गाउँपालिका–३ का २३ वर्षीय भुवन बोहराको मृत्यु भएको हो। उनी मोटरसाइकल चालक रहेको जनाइएको छ। सोही मोटरसाइकलमा सवार पवन बोहरा गम्भीर घाइते भएका छन्।उनीहरू काठमाडौँतर्फ जाँदै गरेको अवस्थामा बा.०३४प ६६७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक विवरणमा उल्लेख छ।घाइते पवन बोहराको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको बताइएको छ।
