थलारा गाउँपालिकामा भूकम्प प्रतिरोधी संरचना निर्माण प्रविधि व्यवहारमा लागू गर्ने तथा तालिम प्राप्त स्थानीय डकर्मीहरूको क्रियाशीलता अभिवृद्धि गर्ने उद्देश्यले योजना सम्बन्धी गोष्ठी सम्पन्न भएको छ।कर्क इन एक्शनको सहयोग तथा प्रगतिशील युवा समाज चैनपुर, बझाङद्वारा सञ्चालित विपद् जोखिम व्यवस्थापन परियोजनाअन्तर्गत उक्त गोष्ठी आयोजना गरिएको हो।

कार्यक्रममा भूकम्प प्रतिरोधी भवन निर्माणका मापदण्ड, सुरक्षित तथा दिगो संरचना निर्माणका प्रविधिहरू र स्थानीय स्तरमा दक्ष जनशक्ति परिचालनका विषयमा विस्तृत छलफल गरिएको थियो।
गोष्ठीमा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले नीति निर्माण गर्ने जिम्मा गाउँपालिकाको भए पनि नागरिकमा सचेतना फैलाउन नसक्दा भवन निर्माण संहिता कडाइकासाथ लागू गर्न नसकिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत प्रर्याग राज पाध्याले घर बानउदा भुकम्प प्रतिरोधी घरबनाउने तालिम लिएको एक जना मिस्त्री अनिवार्य लगाउनुपर्ने गरि नीति वनाएर नागरिकमा सचेतना फैलाउने नीति वनाइनु पर्ने धारणा राख्दै भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण अभ्यास अनिवार्य रहेकोमा जोड दिनुभयो।
त्यस्तै वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशीले तालिम लिएका डकर्मी पालिकामा सचिकृत भएर ब्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लबराज जोशीले संस्थाले बन्ने संरचना भूकम्प प्रतिरोधी बनाउन सजिकरण गर्ने भएपनि भवन निर्माण मापदण्ड बनाउने अधिकार पालिकामा रहेको बताउनुभयो ।

कार्यक्रममा ईन्जिनियर संगित रोकाया र सवईन्जिनियर बम बहादुर बिष्टले भूकम्प प्रतिरोधी भवन निर्माणका मापदण्ड, सुरक्षित तथा दिगो संरचना निर्माणका प्रविधिहरू र तालिम प्राप्त स्थानीय डकर्मीहरूलाई व्यवहारिक रूपमा सक्रिय बनाउँदै निर्माण कार्यमा उनीहरूको भूमिका अझ प्रभावकारी बनाउने विषयवस्तु प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीमा प्रगतिशील युवा समाज विपद् जोखिम व्यवस्थापन परियोजना अधिकृत छत्र राज जोशीले थलारा गाउँपालिकाले निर्माण गरेको भवन निर्माण मापदण्ड २०७७ लाई स्मरण गराउदै संस्थाले अहिले सम्म पालिका भित्रका ६६ जना डकर्मी लाई भूकम्प प्रतिरोधी संरचना निर्माण तालिम दिएको र २४ जना सक्रिय रुपमा काम गरिरहेका जानकारी दिनुभयो ।
