Oplus_16908288
मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी थलारा गाउपालिकामा २ दिने निशुल्क शिबिर सन्चालन हुने भएको छ ।
युएमएन, दलित सहयोग समाज र थलारा गाउपालिकाको समन्वयमा यही बैशाख २१ र २२ गते २ दिने निशुल्क शिबिर सन्चालन हुने भएको हो ।
शिविरमा मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी मनोचिकित्सक बिशेषज्ञ डाक्टर सृजना भुर्तेल र शैलेन्द्र जोशी आउने दलित सहयोग समाज मानसिक स्वास्थ्य परियोजना अधिकृत विस्ना बमले वताउनु भयो ।
उनका अनुसार बैशाख २१ गते खापरदेब आ बी थलारा गाउपालिका २ र २२ गते गते कोटभैरव स्वास्थ्य चौकी थलारा गाउपालिका वडा नं ५ मा शिविर सञ्चालन गरिनेछ ।
खाना खान मन नलाग्ने, एकहोरो टोलाइरहने, राती निन्द्रा नलाग्ने, आत्म हत्याको सोच आउने, कुनै कुरामा खुशी वा रमाउन नसक्ने, एक्लै बोल्ने, घर छोडेर हिड्ने, काम गर्न जागर नलाग्ने,एकान्तमा एक्लै टोलाइरहने,बारम्बार रोइरहने,थकाइ बढी लाग्ने, शरिरमा शक्ती नै छैन जस्तो महसुश हुने
जस्ता लक्षण भएका ब्यक्तिहरुले आप्नो स्वास्थ्य चेक जाच गराई मौकाको फाईदा लिन अनुरोध गरिएको छ ।
