थलारा गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक संरचना निर्माणसम्बन्धी क्षमता विकास तालिम लिएका स्थानीय डकर्मीहरूको सहभागितामा पुनर्ताजगीय बैठक गोष्ठी सम्पन्न भएको छ। प्रगतिशील युवा समाज चैनपुर बझाङ बिपद जोखिम व्यवस्थापन परियोजनाको आयोजनामा सम्पन्न कार्यक्रम थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको थियो ।

गोष्ठीमा तालिममार्फत सिकाइएका प्राविधिक ज्ञान, सीप तथा अनुभवहरूको पुनरावलोकन गर्दै व्यवहारिक कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सहभागीलाई थलारा गाउँपालिका ईन्जिनियर संगित रोकायाले भूकम्प प्रतिरोधात्मक घर निर्माणका मापदण्ड, गुणस्तरीय निर्माण सामग्रीको प्रयोग, प्राविधिक मापदण्डको पालना तथा स्थानीय स्तरमा सुरक्षित संरचना निर्माणका चुनौती र समाधानका उपायबारे जानकारी दिनु गराउनु भएको थियो।

सहभागी डकर्मीहरूले सिपमुलक तालिम लिए पनि भुकम्प प्रतिरोधि घर निर्माण गर्ने अवसर नमिलेको गुनासो गरेका थिए ।कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष रोकायाले पालिकामा ४५ वटा भुकम्पले भत्काइएका घर पुनर्निर्माण हुने प्रक्रियामा रहेकोले सीप सिकेकालाई उक्त कार्यमा अवसर दिईने प्रतिबद्धता गर्नुभयो ।

सहभागीलाई सरिया काट्ने मेसिन लगायतका सामग्री वितरण गरिएको प्रगतिशील युवा समाज विपद् जोखिम व्यवस्थापन परियोजना संयोजक छत्रराज जोशीले जानकारी दिनुभयो । थलारा गाउँपालिकामा दुई वटा संस्थाले यश क्षेत्रमा काम गरि रहेकाछन ।

