थलारा गाउँपालिकामा पहाडी जिल्लामा काँचो दूध तथा मासु सेवनबाट हुने स्वास्थ्य जोखिमबारे सचेतना फैलाउने उद्देश्यले १ दिने जनचेतनामूलक गोष्ठी सम्पन्न भएको छ।पसुपंछि तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीको आयोजना र थलारा गाउँपालिकाको समन्वयमा भएको गोष्ठी थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

गोष्ठीमा भैंसी पालक र बाख्रापालक कृषक तथा ब्यवसायिको सहभागिता रहेको थियो।कार्यक्रममा पसुपंछि तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक डा. विनोद बहादुर कठायतले काँचो दूध र राम्रोसँग नपाकेको मासु सेवन गर्दा हुने विभिन्न सरुवा रोगका जोखिमबारे जानकारी गराइएको थियो। साथै, दूध उमालेर मात्र सेवन गर्ने, मासु राम्रोसँग पकाएर खाने, सरसफाइमा ध्यान दिने र पशुपालनमा स्वास्थ्य मापदण्ड अपनाउने विषयमा विशेष जोड दिनु भएको थियो ।

गोष्ठीमा सहभागीहरूले दैनिक जीवनमा सुरक्षित खाद्य अभ्यास अपनाउनुपर्नेमा सहमति जनाउँदै यस्ता कार्यक्रमले जनस्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। आयोजकले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।हाम्रो तिर काचो दूध र मासु खाने चलन छ । यसले स्वास्थ्यका दृष्टिले हानीकारक छ । गोष्ठीको समापन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले गोष्ठी मा सिकेका कुरालाई ब्यवहारमा लागू गर्न आग्रह गर्नु भयो । साथै उनले कार्यक्रम एकदमै उपलब्धिमुलक भएको बताउनुभयो।
