दु:खद खबर मष्टा गाउँपालिका वडा नम्बर ६ अन्तर्गत रोकाया बाडा टोलमा आज भएको आगलागीमा परी एक वृद्धाको ज्यान गएको छ।वडा नम्बर ६ का ७५ वर्षीया धनसिग्या रोकायाको आगलागीमा परी जलेर मृत्यु भएको हो।स्थानीयका अनुसार आगलागी एक्कासी सुरु भएको थियो। आगो नियन्त्रणमा लिन स्थानीयले प्रयास गरे पनि वृद्धालाई भने जोगाउन नसकियको जनाइयको छ ।घटनापछि सम्पूर्ण गाउँ शोकमा डुबेको छ भने आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
