२३ कार्तिक २०८२, शनिबार

थलारामा ट्याक्टर दुर्घटना दुई जनाको ज्यान गयो, चालक गम्भीर घाइते।
थलारा गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा तर्फ गइरहेको ट्याक्टर थलारा २ कफलफाँडा नजिक पारमुल भन्ने ठाउँमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा थलारा २ कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको मृत्यु भएको छ भने चालक खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । ट्याक्टर सडकभन्दा झण्डै एक किलोमिटर तल खसेको वडाध्यक्ष रविन्द्र बहादुर खातीले बताउनुभयो । उहाँका अनुसार दुबै जना स्थानीयको घटनास्थलमै मृत्यु भएको छ । गम्भीर घाइते चालक कैलालीका खुशीराम चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लैजने तयारी भइरहेको छ । दुर्घटना स्थलमा बगडा प्रहरी चौकीको टोली खटिएको छ। उक्त ट्याक्टर नम्बर खुलेको छैन । ट्याक्टर वडाध्यक्ष खातीको रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
3



