थलारा गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरु,वडा सचिवहरू,विषयगत शाखाका कर्मचारी,स्वास्थ्य संस्थाका स्वास्थकर्मी, सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

1000090015


कार्यक्रममा बोल्दै थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले कर्मचारीलाई आफ्नो तोकिएको जिम्मा पूरा गरे कार्य सम्पादनमा कुनै समस्या नहुने बताउदै सवैलाई आ-आफ्नो कर्तव्य पुरा गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा चालु आवको बजेट कार्यान्वयन प्रगति, विकास आयोजना र सेवाप्रवाहका अवस्था, खर्चको स्थिति तथा आगामी त्रैमासका कार्ययोजना बारे विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रममा सहभागीले विकासका प्राथमिकता, सुशासन प्रवर्द्धन र स्रोत–साधनको प्रभावकारी उपयोगमा जोड दिएका थिए।

1000090020
1000090021
1000090019
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 374