२३ कार्तिक २०८२, शनिबार

थलारा मा बि खोलीले गर्यो आर्थिक वर्ष २०८१/८२ को सामाजिक परिक्षण
थलारा मा बि खोलीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिधालयले आर्थिक वर्ष २०८१/८२ को सामाजिक परिक्षण गरेको हो ।
शिक्षक अभिभावक संघ अध्यक्ष डिल्लीराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नर बहादुर खाती प्रमुख अतिथि र बिधालय ब्यबस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ६ का अध्यक्ष अनिलकुमार बिष्ट बिशिस्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथि खातीले कार्यक्रममा अभिभावकको उपस्थिति न्यून रहेको भन्दै अभिभावकको सक्रियता बिना बिधालयको शैक्षिक बाताबरण सुधार गर्न कठिन हुने धारणा राख्नुभयो । बिशिस्ट अतिथि अनिलकुमार बिष्टले बिधालयप्रति अभिभावकको चासो घटेको भन्दै आफ्ना बालबालिकाको भबिस्यका लागि अभिभावकले बिधालयका हरेक क्रियाकलाप चासो दिन आवश्यक रहेको बताउनुभयो

कार्यक्रममा सामाजिक परिक्षण समिति सदस्य शिक्षक
जगत बहादुर सिंहले प्रतिबेदनको दफा क र ख, सदस्य सचिव शिक्षक जीवन रोकायाले दफा ग देखि छ सम्म
र दफा ६ देखि ज सम्म आर्थिक प्रतिबेदन शिक्षक प्रेम बल्लभ बडुले प्रस्तुत गर्नु भएको थियो ।

शिक्षक विष्णु सुनारले सञ्चालन गर्नु भएको कार्यक्रममा पत्रकार पदम बहादुर खड्काले सहजिकरण गर्न भएको थियोे । प्रधानाध्यापक वीर बहादुर कडायतले स्वागत मन्तब्य राख्नु भएको थियो ।
त्यस्तै थलारा ९ स्थित पूर्णचन्द्रोदय मा. वि. ले पनि आज आ.व. २०८१/०८२ को सामाजिक लेखापरीक्षण गरिएक प्रधानाध्यापक टेक थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनु भएको छ।




