थलारा ६ पिखेतको काठ्यापुन्ही मेला आज देखि सुरु

सेयर गरौं

थलारा ६ पिखेतको काठ्यापुन्ही मेला आज देखि सुरु भएको छ । थलारा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग र काठेपुन्ही मेला आयोजक समितिको आयोजनामा परापूर्व काल देखि मनाईदै आएको काठेपुन्ही मेलाको आज भब्यरुपमा उद्घाटन गरिएको छ ।

मेला ब्यवस्थापन समिति अध्यक्ष सृर्जन रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि
रहनु भएको थियो । कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि रहनु भएको थियोे भने वडा नम्बर ६ का अध्यक्ष अनिल बिष्ट,७ का अध्यक्ष किस्ने सार्की,र वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्र बिष्ट विशेष अतिथि रहनु भएको थियो ।

कार्यक्रममा अतिथिहरुले शुभकामना दिदै परापूर्व कालदेखि मनाईदै आएको पिखेतको काठ्या पुन्ही पर्व थलाराको एक महत्त्वपूर्ण पर्व रहेको भन्दै यसले समाजिक सद्भाव फैलाउन महत्त्वपूर्ण भुमिका खेल्ने धारणा ब्यक्त गर्नु भयो । साथै मेलालाई भब्य र सभ्यरुपमा मनाउन सवैलाई आग्रह गर्नु भयो ।
मेलाको अवसरमा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम आयोजना गरिएको छ ।

भलिवलमा १५ टिम दर्ता भएकाछन ।
भलिबल तर्फ प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ मेडल ट्रफी प्रमाणपत्र,द्वितीय पुरस्कार ४१ हजार १ सय ११ मेडल ट्रफी प्रमाणपत्र,र तृतीय पुरस्कार ३१ हजार १ सय ११ मेडल ट्रफी प्रमाणपत्र राखिएको छ ।
टिम दर्ता मिति मंसिर १५ गतेदेखि १८ गते बिहान १० बजे सम्म र टिम दर्ता शुल्क ७ हजार तोकिएको थियो । पुरस्कार राशिमा २५ प्रतिशत करकट्टि गरिने आयोजक समितिले जनाएको छ । खेल भोलि बिहान ८ बजे देखि खेलाईने आयोजकले जनाएको छ ।

देउडा कार्यक्रमकालागि यसोदा देवकोटा, राम साउद, पदम राज जोशी ,महेश रोकाया, बिकास धामी, दिल बहादुर सिंह, प्रयागराज पाध्या,धर्म राज उपाध्याय, जयराज जोशी, लक्ष्मी पुजारा, सरु सार्की, कलु सार्की, जयलक्ष्मी खड्का र पदमा ओडलाई आमन्त्रण गरिएको काठेपुन्ही मेला ब्यवस्थापन समितिले जनाएको । देउडा कार्यक्रम भोलि देखि हुने डेउडा संयोजक महेश रोकायाले बताउनु भएको छ ।
उद्घाटन कार्यक्रममा बिबिध सास्कृतिक प्रस्तुति देखाउनुका साथै शिक्षक तथा गजलकार पूर्ण मल्लले गजल प्रस्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 396