१४ पुष २०८२, सोमबार

पालिकामा बिधुतीकरणको कार्यमा ढिलाइ गरेको भन्दै ताकेताका लागि थलारा गाउँपालिकाले पठायो पत्र
थलारा गाउँपालिकाले पालिकामा बिधुतीकरणको कार्यमा ढिलाइ गरेको भन्दै ताकेताका लागि पत्र पठाएको छ ।
ठेकेदार कम्पनीले थलारामा बिद्धुतीकरणको कार्यमा ढिलाइ गरेको भन्दै छिटो कार्य अघि बढाउन थलारा गाउँपालिकाले ताकेताका लागि जिल्ला प्रशासन कार्यालय बझाङ र बिद्धुत प्राधिकरण केन्द्रीय कार्यालयलाई पत्र पठाएको हो ।
जनस्तरबाट बिधुतीकरणको कार्यमा ढिलाइ भएको गुनासो आएको भन्दै पालिकाले कार्य छिटो अघिबढाउन ताकेता पत्र पठाएको हो ।
गाउँमा बिधुत नभई अन्धकारमा बस्नु परेको भन्दै थलारा गाउँपालिका वडा नम्बर ४ गढीगाउबासिले मंसिर २१ गते दिपायल चैनपुर सडक समेत अबरुद्ध गरेका थिए ।
पौष मशान्त सम्म गाउँमा बिधुत बाल्ने थलारा गाउँपालिका संगको सम्झौता पछि गढिगाउँ बासिले आन्दोलन स्थगित गरि सडक सुचारू गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
2
+1
+1
+1






