Oplus_16908288
थलारा गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा स्थानीय बासिन्दाहरूले तालाबन्दी गरेका छन्।
विभिन्न माग तथा गुनासोप्रति सम्बन्धित निकायले ध्यान नदिएको भन्दै आक्रोशित काप्राका स्थानीयहरूले कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीयले गाउँमा बिधुत सेवा प्रवाहमा ढिलासुस्ती भएको कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन्। उनीहरूले आफ्ना मागहरू सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएका छन्।
उता वडा अध्यक्ष रामचन्द्र जोशीले समस्याको समाधानका लागि पहल भइरहेको बताउनुभयो । उनका अनुसार वडा भित्र बिधुत सेवा नपुगेका टोलमा बिधुत पुर्याउन बिधुत प्राधिकरणलाई ताकेता गरिएको छ । विधुत प्राधिकरणले तार पुर्याइ सकेको भएपनि पोल र ट्रासमिटर ल्याउन बाकी रहेको छ ।

आज बिहान थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रर्यागराज पाध्याले बिधुत प्राधिकरण लाई छिटोभन्दा छिटो बिधुत बिस्तारको कार्य अगाडि बढाउन अनुरोध गर्नु भएको र वैशाख १० गतेसम्म बिधुत पुर्याउने बाच गर्दै वडा कार्यालयमा ताला नलगाउन अनुरोध गर्नु भएको थियो । वडाको काप्रा, ठिङ तोली टोलमा बिधुत सेवा पुग्न सकेको छैन ।
कार्यालयमा तालाबन्दी हुदा सेवा प्रवाह अवरुद्ध भएको छ । सम्बन्धित पक्षबीच छलफल गरी छिट्टै समाधान निकालिने अपेक्षा गरिएको छ ।

