थलारा गाउँपालिका स्तरीय वार्षिक परीक्षा २०८२
सम्पन्न भएको छ। यहि चैत ८ गते देखि सञ्चालन भएको परीक्षा आज सम्पन्न भएको हो ।
पालिका स्तरीय वार्षिक परीक्षा २०८२ लाई मर्यादित बनाउन सबै विद्यालयमा एउटै मापदण्ड अप्नाईएको थियो ।
थलारा गाउँपालिकाले कक्षा ५ र ८ को पालिका स्तरीय परीक्षा गरेको थियो भने अन्य कक्षाको परीक्षा पनि सोही मितिमै सञ्चालन गरेको थियो ।
कक्षा ८ को लागि १५ वटा परीक्षा केन्द्र तोकिएको थियो । प्रत्येक केन्द्रमा दुई जना सुपरिटेन्डेन्ट पठाइएको शिक्षा शाखा प्रमुख हर्क बहादुर रोकायाले बताउनुभयो ।
थलारामा ४ हजार ४ सय ४६ जनाले पालिका स्तरीय परीक्षा दिइएकाछन । जसमा ५ सय ८ जना कक्षा ८ का बिधार्थीछन ।
थलारा गाउँपालिकाले विगत केहि वर्ष यता पालिका स्तरीय परीक्षा लिदै आएको छ । यो वर्षको परीक्षा मर्यादित भएको संयोजक रोकायाले बताउनुभयो ।
परीक्षा बिहान ९ बजे देखि ११ बजे सम्म सञ्चालन भएको थियो । चैत्र २५ गतेसम्म परीक्षाफल प्रकाशित गर्ने पालिकाको लक्ष छ ।
