Oplus_16908288
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनलाई काठमाडौंको बानेश्वरस्थित घरबाटै नियन्त्रणमा लिइएको हो
जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।
