बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ बान्नीकोटमा लाग्ने सुदूरपश्चिमको प्रसिद्ध तथा ऐतिहासिक धार्मिक बान्नीकी चैतली आज लाग्दै छ ।चैतली हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सुरू हुन्छ ।
आजका दिन बान्नीकी काङ्कर र बान्नी मष्टाको दर्शन गर्नका लागि मष्टो पूजकका साथै श्रदालु तथा दर्शनार्थीको यहाँ घुइँचो लाग्ने गरेको छ ।
छबिसपाथिभेरा गाउँपालिका ले ऐतिहासिक तथा सांस्कृतिक बान्नीको चैतली मेलाको अवसरमा दुई दिन सार्वजनिक स्थानीय बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले हरेक वर्ष मनाइने उक्त चैतली मेलाको सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै चैत्र १७ र १८ गते स्थानीय तहभित्रका सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक संस्थाहरूमा बिदा दिने निर्णय गरेको जनाएको छ। मेलामा स्थानीय संस्कृति, परम्परा, देउडा भलिबल प्रतियोगिता लगायतका विविध कार्यक्रम आयोजना गरिने भएकाले सर्वसाधारणलाई सहभागी हुन सहज होस् भन्ने उद्देश्यले बिदा दिइएको हो।
बान्नीको चैतली मेला बझाङ जिल्लाकै महत्वपूर्ण सांस्कृतिक मेलामध्ये एक मानिन्छ, जहाँ टाढाटाढाबाट मानिसहरू भेला भई धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्छन्।
गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेले सामाजिक सञ्जाल मार्फत
ऐतिहासिक तथा धार्मिक मेला बान्निकि चैतलि मेलाको अबसरमा आयोजना गरेका कार्यक्रमहरु र मेलालाई सब्य र भब्यकासाथ सम्पन्न गर्न सम्पुर्ण महानुभाबहरुमा हार्दिक अनुरोध गर्नु भएको छ ।
