थलारा ४ को ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक चतुर्दशी मेला आजबाट सुरु

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ४ ले आयोजना गरेको ऐतिहासिक धार्मिक तथा साँस्कृतिक चतुर्दशी मेला आजबाट सुरु भएको छ ।
स्थानीय देउडा संस्कृतिको जगेर्ना गर्ने र ऐतिहासिक धार्मिक परम्परालाई निरन्तरता दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र जोशीले बताउनुभयो ।


मेलाको थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले आज उद्घाटन गर्नु भएको हो । थलारा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र ज‍ोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या, वडा नम्बर २ का अध्यक्ष रबिन्द्र खाती ३ का अध्यक्ष प्रकाश भण्डारी वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्र विष्ट लगायत अतिथि रहनु भएको थियो । कार्यक्रममा देउडा खेलाडी यसोदा देवकोटा विकास धामी दिल बहादुर सिंह लगायललाई आमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 396