थलारा ६ पिखेतको काठ्यापुन्ही मेलामा आयोजना गरिएको पुरुष भलिवल प्रतियोगिताको उपाधि थलारा फेन्सि पशललाई

सेयर गरौं

थलारा ६ पिखेतको काठ्यापुन्ही मेलामा आयोजना गरिएको पुरुष भलिवल प्रतियोगिताको उपाधि थलारा फेन्सि पशलले जितेको छ । प्रतियोगिता अमृत मेमोरियल छविसपाथिभेरा टिम द्वितीय र सुर्मा गाउँपालिका टिम तृतीय भएको छ ।
थलारा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग र काठेपुन्ही मेला आयोजक समितिको आयोजनामा परापूर्व काल देखि मनाईदै आएको काठेपुन्ही मेलाको आईतवार भब्यरुपमा उद्घाटन गरिएको थियो ।


शुक्रबार मेला ब्यवस्थापन समिति अध्यक्ष सृर्जन रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको
प्रमुख अतिथि थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि र वडा नम्बर ६ का अध्यक्ष अनिल बिष्ट,७ का अध्यक्ष किस्ने सार्की, वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्र बिष्ट विशेष अतिथि रहनु भएको थियो ।
मेलाको अवसरमा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम आयोजना गरिएको थियोे ।
पुरुष भलिवलमा १५ टिम दर्ता भएका थिए।
भलिबल तर्फ प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ मेडल ट्रफी प्रमाणपत्र,द्वितीय पुरस्कार ४१ हजार १ सय ११ मेडल ट्रफी प्रमाणपत्र,र तृतीय पुरस्कार ३१ हजार १ सय ११ मेडल ट्रफी प्रमाणपत्र राखिएको थियो ।
देउडा कार्यक्रमकालागि यसोदा देवकोटा, राम साउद, पदम राज जोशी ,महेश रोकाया, बिकास धामी, दिल बहादुर सिंह, प्रयागराज पाध्या,धर्म राज उपाध्याय, जयराज जोशी, लक्ष्मी पुजारा, सरु सार्की, कलु सार्की, जयलक्ष्मी खड्का र पदमा ओडलाई आमन्त्रण गरिएको ।

1000097248


यस्तै हिजो देखि सुरु भएको वडा नम्बर ४ डिख्ला महेन्द्रधारको चतुर्दशी मेला पनि आजै सम्पन्न भएको छ । थलारा ४ को आयोजनामा उक्त मेलामा देउडा खेल आयोजना गरिएको थियो । देउडाका लागि यसोदा देवकोटा बिकास धामी दिल बहादुर सिंह लगायतका देउडा खेलाडीलाई आमन्त्रण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 396