१४ पुष २०८२, सोमबार

साईपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङ बनिन् “शी लिड्स आइकन”की विजेता !
महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफ देहीता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधि छनोट कार्यक्रम “शी लिड आइकन”मा साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङ विजेता बन्नुभएको छ । कल्प इम्पावर वमेन नेपालको आयोजनामा भएको “शी लिड्स आइकन” दोस्रो संस्करणमा विभिन्न छनोट चरण पार गर्दै तामाङ विजेता बन्नुभएको हो
उपप्रमुख डोल्मा तामाङले शुभचिन्तकबाट प्राप्त मत, शुभेच्छा, उत्साहले सफलता सम्म पुग्न प्रेरणा मिलेको उनको भनाइ छ ।

“शी लिड्स आइकन” कल्प इम्पावर वमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिमध्येबाट ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहीत क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधिलाई विश्व सामु चिनाउने अभियान रहेको वेमेन नेपालका अध्यक्ष पूजा कोइरालाले बताउनुभयो । ३१ जना मध्येबाट ७ जनालाई आइकन घोषणा गरिएको हो । जसमा साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङ मतबाट २० नम्बर , ग्राउन्ड रिपोट ३० नम्बर, अन्तरबार्ताबाट ५० नम्बर प्राप्त गरी विजयी हुनुभएको जनाइएको छ । आइकन छनोट जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता माध्यमबाट भएको थियो ।






