अपाङ्गता दिवसको अवसरमा दुर्गाथली गाउँपालिकाले गर्यो पालिका भित्रका अपाङ्गता भएका ब्यक्तिको सम्मान

सेयर गरौं

३४औँ अपाङ्गता दिवसको अवसरमा दुर्गाथली गाउँपालिकाले पालिका भित्रका अपाङ्गता भएका ब्यक्तिको सम्मान गर्नुका साथै जिविकोपार्जनका सामग्री हस्तान्तरण गरेको छ ।


गाउपालिका उपाध्यक्ष जनक बहादुर दौल्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लाल बहादुर बिष्ट बिशिष्ट अतिथि, जिन्सी शाखा प्रमुख मकर मण्डेल अतिथि रहनु भएको थियो । दुर्गाथली गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अम्मर राज बढुको सञ्चालनमा भएको कार्यक्रममा
अतिथिहरुले सुभकामना ब्यक्तर्दै अपांगता भएका ब्यक्तिकालागि क्षमता बिकासका लागि सीप मुलक तालिम आवश्यक रहेको बताउदै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।


कार्यक्रममा पालिका भित्रका २० जना अपांगता भएका ब्यक्तिलाई खादा लगाएर सम्मान गर्नुका साथै वडा नम्बर १ का गौरी सार्कीलाई जुत्ता चप्पल मर्मतका सामाग्री हस्तान्तरण गरिएको हाम्रा सम्वादाता शेर बहादुर ओलीले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 396