काठमाडौं : क्विन्टल सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि राजस्व अनुसन्धान विभागले ठमेलमा रहेको भियाना होटलमा छापा मारेको छ।
होटेलमा छापा मारेर विभागले तिब्बती मूलका तर बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो।
स्रोतका अनुसार उनी यसअघि पनि कल बाइपास, सुन तस्करी तथा विदेशी मुद्रा लगायतमा आपराधिक क्रियाकलापमा संलग्न थिए। विशेषगरी चिनियाँ गिरोहसँग उनी नजिक रहेको बताइएको छ।
